Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामान्य प्रशासन मन्त्रालयले गर्यो १८ शाखा अधिकृतको सरुवा

२०८०, ११ आश्विन बिहीबार १२:००

असोज ११, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ । 

गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निर्मल परियार र लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुवास रिजालको सरुवा भएको हो । 

गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने सामान्यमा सरुवा भएको छ । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र सन्तोष पोखरेलको क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । अर्का शाखा अधिकृत गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा पुगेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सुसना शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र उद्योगमा अमित भूषण, महेश पौडेलको सरुवा भएको छ । 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार भूमि व्यवस्थाका बाबुराम पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अशोक दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, माधव घिमिरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, प्रेमिसा श्रेष्ठको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र शान्ति कुँवरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली