2026-07-11 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयल निगम आफैं व्यापार गर्छ तर सधैं घाटा भयो भन्छ, यो घाटा के हो निर्क्यौल होस् : रवि लामिछाने

असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगमले सधैं घाटा भयो भन्ने विषयमा प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले एक्लैले व्यापार गर्ने भए पनि घाटा भयो भन्ने गरेको बताए।

‘आयल निगम व्यापार पनि आफैं गर्छ। आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा उही गर्छ। तर सधैं घाटा भयो भन्छ। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ। तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’, उनले भने।

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएपछि मूल्यवृद्धि गरेको भन्दै व्यंग्य गरे। भने, ‘प्रधानमन्त्रीज्यू चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनुभएको रहेछ। तर आउँदाआउँदै जनताको मुड अफ गरिदिनुभयो, मूल्यवृद्धि गरेर। तर मूल्यवृद्धि फिर्ता लिएर फेरि मुड फ्रेस गर्ने काम गर्नुभएको छ। म धन्यवाद दिन चाहन्छु।’

पेट्रोलियम पदार्थमा बढेको मूल्य सरकारले फिर्ता लिने निर्णय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट