Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अख्तियारको ट्र्याक रेकर्ड: सबैभन्दा ‘भ्रष्टाचारी’ मन्त्रालय संघीय मामिला, दोस्रोमा गरिबी निवारण

२०८०, १५ आश्विन सोमबार १२:१५

असोज १५, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रेकर्डअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मन्त्रालय तथा निकाय अन्तर्गतको सूचीको पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ। 

अख्तियारले सोमबार राष्ट्रपतिसमक्ष बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने स्थानीय तहसमेत समेटिएको संघीय मामिला मन्त्रालय देखिएको हो। अख्तियारले आर्थिक वर्ष २०७९/८० मा दायर गरेको कुल १६२ वटा मुद्दामध्ये ७१ वटा मुद्दा संघीय मामिला अन्तर्गतका रहेका छन्। संघीय मामिला अन्तर्गतका निकाय तथा कार्यालय र तीसँग सम्बन्धित कर्मचारीहरू भ्रष्टाचारमा संलग्न रहेको देखिएपछि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।


७१ वटा मुद्दामध्ये ६६ वटा मुद्दा स्थानीय तहसँग सम्बन्धित छन्। बाँकी ५ वटा मुद्दा मात्रै स्थानीय तहभन्दा बाहिरका रहेको पाइएको छ।

संघीय मामिलापछि दोस्रो बढी भ्रष्टाचार हुनेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय देखिएको छ। यस मन्त्रालयअन्तर्गत गत आर्थिक वर्षमा १६ वटा मुद्दा दायर भएका छन्। प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)अन्तर्गत ७ वटा मुद्दा दायर भएका छन्।

त्यसपछि गृह मन्त्रालय र प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपंक्षी विकास मात्र) अन्तर्गतका ५/५ वटा मुद्दा दायर भएका छन्। स्वाथ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित ४/४ वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (सिँचाई मात्र)अन्तर्गत समान ३/३ वटा मुद्दा दायर भएका छन्।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत समान २/२ वटा मुद्दा दायर भएको अख्तियारको रेकर्डमा उल्लेख छ।

वन तथा वातावरण मन्त्रालय, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन वातावरण मात्र) प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पशुपंक्षी विकास बाहेक) युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (कृषि तथा पुशपंक्षी विकास मात्र) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत भने समान १/१ वटा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अन्य निकाय भनेर अख्तियारले २ वटा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली