2026-07-11 08:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेका तीन केन्द्रीय सदस्यको पद खारेज

असोज १६, काठमाडौँ | नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यको पद गुमेको छ । एमालेले यसअघि एउटा कमिटीमा रहेको सदस्य अर्को कमिटीको उम्मेदवार बने भइरहेको पद स्वतः जाने निर्णय गरेको थियो । सो निर्णयअनुसार हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए । यसरी केन्द्रीय सदस्य छोडेर प्रदेशका लागि चुनाव लड्ने बागमतीमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल रहेका थिए । ढुङ्गेलले निर्वाचन जितेकाले उनले पोलिटब्युरो सरहको मान्यता पाए पनि दाहालको केन्द्रीय सदस्य पद गुमेको छ ।


 त्यसैगरी कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनेका केन्द्रीय सदस्य विनोद ढकालको पनि पद गुमेको छ । ढकाल अर्का नेता घनश्याम खतिवडासँगको चुनावी प्रतिस्पर्धामा पराजित बनेका थिए । तल्लो कमिटीमा झरेर चुनाव लडेकै कारण लुम्बिनीका हरि रिजालको पनि केन्द्रीय सदस्य पद गुमेको छ । राधाकृष्ण कँडेलसँग प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका रिजाल कँडेलले अध्यक्षमा जितेपछि उनको केन्द्रीय सदस्य पद गुम्न पुगेको हो ।

एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले विधान अनुसार प्रतिनिधि छानिँदा नै भइरहेको पद जाने भए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकले प्रतिनिधि बन्नलाई छुट दिएको बताए । तर उनले प्रदेशमा चुनाव लडेपछि भइरहेको  पद स्वतः खारेज हुने व्यवस्था कायमै रहेको बताए ।

‘अहिले केन्द्रीय सदस्यहरू जो जो प्रदेशको उम्मेदवार हुनुभएको छ उहाँहरूको केन्द्रीय सदस्य पद स्वतः गएको छ’, नेता पोखरेलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट