2026-07-11 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फसेका नेपालीको उद्दार गर्न प्रधानमन्त्रीले इजरायली समकक्षीसँग कुरा गर्नुपर्छ: पदम गिरी

असोज २१, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा फसेका नेपालीहरूको उद्दारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले इजरायल-गाजा आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्यहाँका समकक्षीसँग तत्काल संवाद अघि बढाउनुपर्ने बताए।

उनले भने,'सरकारले एउटा विज्ञप्ति जारी गरेर पुग्दैन,संसदमा जानकारी गराएर हुँदैन। देशको प्रधानमन्त्रीले त्यहाँका समकक्षी बेन्जामिन नेतान्यूसँग नेपालीको सुरक्षा र उद्दारका लागि संवाद गर्नुपर्छ।'

उनले नागरिकको अभिभावक सरकार रहेको भन्दै आपत परेको बेला सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए।  एमाले सांसद गिरीले नेपाली जनताको उद्दारका लागि यूएन महासभाको बैठकमा कुरा उठाउनुपर्ने बताए। उनले भने,'अहिले युएनको बैठक चलिरहेका छन्। बैठकमा नेपाली जनताको रक्षा,उद्दार र सहयोगका लागि ध्यानाकर्षण गराउनुपर्यो। नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन रक्षाका लागि लाग्नुपर्यो।'

उनले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको लागि छिमेकी मित्र राष्ट्रहरूसँग समन्वय गरेर नेपाल ल्याउनका लागि प्रबन्ध गर्नुपर्नेमा जोड दिए।  रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट