Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भतिजिलाई यौन प्रस्ताव राख्ने शाहीविरुद्ध मुद्दा दर्ता

२०८०, २४ आश्विन बुधबार ०९:३९

असोज २४, जुम्ला | नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाही विरुद्ध मुद्दा दर्ता भएको छ। एक १७ वर्षीया बालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाही विरूद्व मुद्दा दर्ता भएको हो ।उनलाई बालबालिका विरुद्धको कसुर गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएको पाइएको छ । नेता शाहीले तातोपानी – की एक किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेको,फकाएको र प्रलोभनमा पार्ने गरि फोन गरेको अडियो महिला जागरण अनलाइन मार्फत सार्वजनिक भएको थियो ।

पीडित किशोरीका बुबाले दिएको जाहेरीको आधारमा मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।उनले भने, पीडित किशोरीका बुबाले जाहेरी दिनु भएको छ,’उनले भने, ‘बालबालिका सम्बन्धि ऐन –२०७५ अनुसार मुद्दा दर्ता भएको छ ।


सार्वजनिक भएको अडियोमा नेता शाहीले बालिकालाई प्रवेश परिक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा यौन सम्बन्ध राख्न दिनुपर्ने तथा संवेदनशील फोटो पठाउनुपर्ने भनि प्रस्ताव गरेको अडियो सार्वजनिक भएको छ ।

पीडक शाही र पीडित किशोरी एउटै गाउँका हुुन् । किशोरीको नाताले ठूलो बुबा पर्छन्, शाही । उनले यौन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फोनमा समेत गर्न थालेपछि अत्ति भएर रेकर्ड गरेको पीडित किशोरीले बताउदै आएकी थिइन ।

‘सुरुमा मलाई म्यासेज गर्दा हाम्रो गाउँको ठूलो नेताले सम्पर्क गरे । हाम्रो पनि कोही रहेछ भन्ने लाग्यो,’ पीडित किशोरीले भनिन्, ‘ठूलो बुबा भनेर आश मानेको त अपराधिक मानसिकता रहेछ । मलाई अत्ति नै भएपछि मुद्दा पक्रियामा जानुपर्ने स्थित आएको हो । बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा पार्ने प्रयास गरेको पाइएको छ ।

‘म्यासेज र फोनमा यौन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रकेर्ड गरेकी हुँ,’उनले भनिन्, ‘त्यो रेकर्ड गरेको अडियो र उसले गरेका म्यासेजहरु प्रमाणको रुपमा पेस गरेकी छु ।

किशोरीका बुबाले बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा (३) खण्ड (ग) बमोजिम जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरेको बताएका छन् । ‘हामी सोझा मान्छे देखेर आफ्नै छोरी समान मेरो माथि नेता शाही यौन अपराध गरे,’ उनले भने, ‘मेरी छोरीले न्याय पावस र दोषीलाई सजाय होस भनी जाहेरी दिएको हुँ।’ राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो। समाजमा भएका अन्याय अत्याचारविरुद्ध आवाज उठाउने क्षेत्र पनि राजनीति । अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रूढीवादी, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेदविरुद्ध लड्ने उद्घोष गर्दै आएका छन् । नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका नेताबाट गाउँघरमा छोरीबहिनीहरू यौन हिंसामा परेका छन् ।

उनले राजनीतिको आडमा छोरी बहिनीहरूमाथि यौनहिंसा गर्दै अझ समाजमा जान्ने बुझ्ने कहलाउँछ भने त्यसले समाज कस्तो बनाउलारु राजनीति कस्तो होलारु जुन कुरा कल्पना गर्नै नसकिने विषय हो। तर, यहाँ घटनाले यस्तै पुष्टि गरेको छ । तातोपानी गाउँपालिका–८ का सुरतबहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमै परिचित नाम हो ।

एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन्। दुईपटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए । उनी ०७९ को स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षमा उठेर पराजित भए । नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरु उसको पार्टीमा जोडिन्छ।तर, शाहीले भने आफ्नै गाउँमा छोरी नाता पर्नेहरूलाई यौनहिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन् ।

उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधविरुद्ध मुख खोल्न थालेका छन् । त्यस्तै नेता शाहीले ति बालिकालाई मात्रै नभइ गाउँका अरु छोरी बैनीहरुलाई पनि यस्ता कक्रियाकलाप गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली