2026-07-11 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुराना दलमा अझै राणा शासन कायम छ : रवि लामिछाने

असोज २९, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पुराना दलमा अझै पनि राणा शासन कायमै रहेकाले आफूहरु नयाँ रुपमा त्यसलाई भत्काएर नयाँ संस्कार राजनीतिमा बसाल्न आएको दावी गरे। उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने पनि बताए। 


सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने  भन्दै  राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए। 

उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए। उनले परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताए। 

‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ। कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नदिई शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि राखिएको छ,’ उनले भने, ‘यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरुले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुन सक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न शाहस न योजना छ। परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट