2026-07-11 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केदार कार्कीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, सत्ता पक्षकै पङ्तिमा बस्ने

कार्तिक १, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही बेरअघि बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको मन्त्री शमसेर राईले बताए ।

केन्द्रको परिपत्रअनुसार प्रदेशसभामा सत्ता पक्षको रो मै बस्ने निर्णय भएको पनि राईले बताए ।

यस्तै उद्धव थापाले दिएको राजीनामा स्वीकृत नगरी अर्को व्यवस्था नभइन्जेलका लागि उनलाई नै दलको नेताको जिम्मेवारी दिइएको छ । थापा केही दिन अघि दलको नेताबाट राजीनामा दिएका थिए ।

कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । दलको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट