2026-07-11 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसका आठ भाइ माननीयसँग गाला जोडिसक्यौं : उद्धव थापा

कार्तिक १, विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् ।

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, "एमालेको समर्थन प्राप्त हुँदा हामीहरू समाधान तर्फ लागेका छौँ । अब सरकारलाई साथ दिने कुरामा अघि बढौं ।" 


थापाले कांग्रेसबाट आठ भाइ माननीयले दलभित्र झगडा गरेको, कुन्ठा बोकेर हिँडेको, युद्धको मैदानमा पुगेको र आफूहरूले माला लगाएर स्वागत गरेको बताए ।

"हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं । एमालेबाट हामीले पाठ सिकेका छौँ त्यहाँ पनि झगडा छ । हामीले मुख्यमन्त्रीलाई साथ दिएका छौँ," थापाले भने, "अब गम्भीर रूपमा सोच्न पर्छ ।‌ पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशबाट निर्णय गर्ने भन्नु भएको थियो अब सोच्नुहोस् । यही सरकारलाई निरन्तरता दिऔं ।" 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट