Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

२०८०, १ कार्तिक बुधबार १०:५१

कार्तिक १, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा कार्कीले राखेको विश्वासको मत लिने प्रस्ताव पारित भएको हो।

प्रदेश सभामा भएको मतदानमा विश्वासको मत लिने प्रस्तावको पक्षमा ८६ मत परेको थियो। विपक्षमा ५ मत परेको थियो।  मतदानमा ९३ सदस्यमध्ये ९१ जनाले मतदानमा भाग लिएका थिए।

कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएको घोषणा गरिन्।

त्यसअघि कार्कीले विश्वासको मत माग्दै गरेको सम्बोधनमा संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउनका लागि आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए।

उनको प्रस्तावमाथिको छलफलमा जसपाकी निर्मला लिम्बु, एकीकृत समाजवादीका राजेन्द्र राई, राप्रपाका भक्ति सिटौला, माओवादी केन्द्रका दुर्गा चापागाईं, कांग्रेसका उद्धव थापा तथा एमालेका हिक्मत कार्कीले भाग लिएका थिए। छलफलमा राप्रपाबाहेकका दलहरूले कार्कीलाई विश्वासको मत दिने प्रष्ट पारेका थिए।

राप्रपाका सिटौलाले भने प्रदेश सभामा प्रतिपक्षी पनि चाहिने भन्दै विश्वासको प्रस्तावको विपक्षमा मत दिएर प्रतिपक्षमा बस्ने बताएका थिए।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पनि कार्कीले राप्रपालाई नै जोड दिएर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। तर मतदानमा उनको आग्रहले काम गरेको देखिएन।

कार्की एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सभा सदस्यको सहयोगमा गत शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका तर्फबाट एकएक जना मन्त्री पनि नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली