2026-07-11 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालुवाटारमा देउवा र ओलीसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

कार्तिक १५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् । संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्दै आइरहेका छन् । तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री प्रचण्डकै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेको आरोप लगाउँदै आएका छन् ।


नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए । मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै पनि पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन उनले दलहरूलाई सुझाव दिएका थिए ।

शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई राजनीतिक दलहरुले सत्ता स्वार्थको लागि आफूअनुकुल अडान राख्दै आएकाले अहिले समितिमा रोकिएको छ । कानून न्याय तथा मानव अधिकार समिति बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा सहमति जुटाउन यसअघि नै असफल भइसकेको छ ।

कानून समितिले ११ सदस्यीय उपसमिति गठन गरेर यो विधेयकलाई निष्कर्षमा पुर्‍याउन भनेको थियो । तर, उपसमितिले अपूरो प्रतिवेदन समितिलाई बुझाएको छ । उपसमितिले पनि सहमति जुटाउन नसकेपछि अहिले सहमति खोज्नको लागि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग गृहकार्य गरिरहेका छन् । अल्झिरहेको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसकेपछि अहिले अन्तर्राष्ट्रिय समुदायले पनि दबाब बढाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट