Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोर्चाले उठाएका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्छः विजय कुमार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २० विराटनगर । </b>मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष विजय कुमार गच्छदारले पूरा गर्न सकिने मागबारे सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।&nbsp;</p><p>उहाँले मोर्चाले उठाएका माग छठ पर्वअघि नै टुंगोमा र्पुयाउन सुझाव दिनुभयो &nbsp;। मोर्चासँग सहमति कायम गरेर नयाँ निर्वाचन गर्नुपर्ने उहाँको &nbsp;भनाइ रहेको थियो ।अध्यक्ष गच्छदारले आगामी २०७४ साल माघ ७ गतेभित्र तीन चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले संविधान संशोधन र कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो &nbsp;।<br></p>