महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय "/>
२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६१ औ प्रहरी दिवस देशभर मनाइयो

२०७३, २० आश्विन बिहीबार १३:०९

महेन्द्र केसी, असोज २० पर्वत । नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर प्रहरी दिवस मनाइएको छ । समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवार भन्ने नाराका साथ देशभर ६१ औं प्रहरी दिवस मनाइएको हो । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय प्रहरी, जिल्ला प्रहरी लागयतका प्रहरी कार्यालयमा यो दिवस मनाइएको हो ।
प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय पर्वतले पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको छ । दिवसको विरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना उक्त दिवस मनाइएको बताइएको छ । नेपाल प्रहरीको सेवामा लागेर देश र जनताको लागि शान्ति सुरक्षा कायम गदागर्दै विरगती प्राप्त गरेका प्रहरीको सम्झनामा उक्त दिवस मनाइएको हो । सोही अबसरमा जिल्ला प्रहरी कार्यालयमा रहि उत्कृष्ठ सेवा प्रदान गरेका ८ प्रहरीलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा प्रहरी सहायक निरिक्षक भोजबहादुर गुरूङ, प्रहरी हवल्दार भक्त बहादुर पुन , हरी बहादुर थापा, प्रहरी जवान मिनबहादुर लामा, दुग्ध लाल श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, निर्मल गाहा र रेशम बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै मरासिनीले देशको शान्ति सुरक्षाको लागि प्रहरीले खेलेको भुमिकाको प्रशंसा गरे । उनले पर्वत जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, घरेलुहिंसा तथा अपराध नियन्त्रणको लागि पछिल्लो समयमा प्रहरीले देखाएको जागरुकताको प्रशंसा गरे ।
प्रहरी नायव उपरिक्षक शेखर खनालले जिल्लाको शान्ति सुृरक्षा व्यवस्थापनको लागि प्रहरी लागि परेको बताए । उनले जिल्लामा शान्ति स्थापनार्थ फारर रहेका अभियुक्त पक्राऊ, लागुऔषध गाँजा तथा घरेलु मदिरा नियन्त्रण तथा सचेतनाका कार्यक्रम गरी प्रहरी र नागरिकविचको सम्बन्धमा निकटता ल्याउने काम भैरहेको बताए । खनालले जिल्लामा ३ सय २० फरार अभियुक्तमध्ये १५ दिनको अन्तरालमा ३८ फरार अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको र अन्य प्रहरीको पनि खोजी कार्य भएको उनले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी वल चण्डिका गणका गणपति सुदर्शन प्रसाद सिलवाल, नेपाली सेनाका सहसेनानी दिपेन्द्र श्रेष्ठ, उधोग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, पुर्व प्रहरीको तर्फवाट थमन बहादुर क्षेत्री, अमर प्रहरीको तर्फवाट मेनका लामगादे लगायतले बोलेका थिए । कार्यक्रमको संचालन प्रहरी निरिक्षक दिपक पातलीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन