२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंद्वारा मंसिर ७ बाट गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलन गर्ने घोषणा

२०८०, २० कार्तिक सोमबार ११:१६

कार्तिक २०,  जाजरकोट | व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ ।

आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

प्रसाईंले भने, ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु । उहाँ मनको कमजोर हुनुहुन्छ । पक्कै दिनुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरुसँग पनि पैसा माग्ने उनले बताए ।


‘ओली हजुरबासँग पनि ५० लाख रुपैयाँ माग्छु । शेरबहादुरसँग् पनि माग्छु । रवि लामिछानेले ५ लाखमात्रै दिँदा हुन्छ, उहाँले धेरै कमाउन भ्याउनुभएको छैन । मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ’, प्रसाईंले भने ।

उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको अभियानले अघि सारेको छ ।

व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न उनले उर्दी जारी गरेका थिए ।

प्रसाईंले भने, ‘लघुवित्त र सहकारीको पैसा अहिले नतिर्नुस् । पहिले आन्दोलन सफल पारौं । व्यवस्था परिवर्तन गरौं । त्यसपछि देशका लागि के के गर्नुपर्छ सल्लाह गरौंला । अहिले चाहिं २० लाखभन्दा मुनिको गरिबको ऋण मिनाहा गर्नुपर्छ ।’

प्रसाईं सरकार र राजनीतिक दलहरुमाथि खनिएका थिए । खासगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी बढी केन्द्रित भए । देशका समस्याहरु बिर्सेर ओली मोबाइलमा पब्जी खेलेर बस्ने गरेको उनको आरोप थियो ।

हिजो साइबर ब्युरोले बोलाएको प्रसंगमा उनले प्रहरी पनि कांग्रेस-एमाले बनेको टिप्पणी गरे ।

‘प्रहरीले मलाई दुर्गाजी हाम्रो पनि इज्जत राख्दिनुस् भने । हामीलाई एमालेको ठूलो दबाब छ भन्ने कुरा उनीहरुको थियो । मैले तपाईंहरु एमालेको पुलिस हो भनेर सोधें । पक्रिनुहुन्छ म आएको छु, पक्रिनुस् भनेर चुनौती पनि दिएर आएँ’, प्रसाईंले सुनाए ।

सबैलाई गाली गरेका उनले युट्युबरहरुको भने उच्च प्रशंसा गरे ।

‘पुलिस, पत्रकार, कर्मचारी सबै कांग्रेस, एमाले, माओवादी हुँदा रहेछन् । पत्रकार पनि कांग्रेस, माओवादी, एमाले हुन्छ ? यस्तो देशमा तपाईंहरुको उदय हुँदैन त युटुबर साथीहरुको । तपाईंहरु त कांग्रेस एमाले होइन राष्ट्रवादी हो । त्यही भएर तपाईंहरुको संगत गरेको हुँ’, उनले भने ।

आफ्नो आन्दोलनलाई युट्युबरहरुले पनि १०० रुपैयाँ दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !