१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको माओवादीको कारबाहीमा परेकी शान्ति बरालको दाबी

२१ कार्तिक २०८०, मंगलवार १०:३७

कार्तिक २१, काठमाडौँ | अश्लील भिडिओ काण्डमा  नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि एकपटक चर्चामा आएकी छन् । उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामी भएको छ ।

एक युवतीले टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको भिडिओ ट्वीटर–फेसबुकतिर केही दिनदेखि शेयर भइरहेको थियो । यी युवती माओवादीकी रुपन्देही नेतृ शान्ति बराल भएको चर्चाले बजार तताएको थियो । यद्यपि, प्रविधिको जमानामा यो भिडिओको यथार्थताबारे ठोकुवा गर्न सक्ने अवस्था थिएन । तर, माओवादीले नै कारवाही गरेपछि भने भिडिओ उनकै हो भन्ने आधार बलियो भएको छ । यद्यपि, शान्ती आफैंले भने स्वीकारेकी छैनन् ।

भिडिओ भाइरल हुन थालेपछि शान्तिले फेसबुकमा स्टाटस लेख्दै खण्डन गरेकी थिइन् । एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको उनको दाबी थियो । तर, केही समयमा उनले त्यो स्टाटस हटाइन् ।

हिजो माओवादीले कारवाही गरेको विज्ञप्ति आएपछि शान्तिले टिकटकबाट त्यसमा प्रतिक्रिया जनाएकी छन् । उनले अझै पनि भिडिओ आफ्नो भएको स्वीकार गरेकी छैनन् । एआइ (आर्टिफिसियल इन्टलिजेन्स) प्रविधिको दुरुपयोग गरेर भिडिओ बनाइएको उनको दाबी छ ।

बरालले लेखेकी छन्, ‘हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु ।’


आफू राजनीतिक कार्यकर्ता हुनुका साथै नियमित टिकटक प्रयोगकर्ता भएको शान्तिले उल्लेख गरेकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई कानूनी दायरामा ल्याउन उनको सरकारसँग माग छ ।

‘आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी आफ्नो खाता सञ्चालन गरेको र मेरो सामाजिक सम्पर्क र समर्थकहरु देखेर पहिलेदेखि नै विरोधीहरुले चरित्रहत्या गर्ने धम्की दिँदै आएका थिए । केही उच्छृङ्खल व्यक्तिहरुले भिडिओलाई सम्पादन गरी अश्लिल बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएकाले उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले मेरो चरित्रहत्या गरेकाले कानूनी दायरामा ल्याउन सरकारसँग अपिल गर्दछु’, उनले लेखेकी छन् ।

‘नक्कली भिडिओ’ आएपछि पर्न गएको असुविधाप्रति उनले सामाजिक सञ्जालका समर्थकहरुसँग क्षमा मागेकी छन् ।

भिडिओ एडिटेड भएको बताइरहे पनि शान्तीले अहिलेसम्म कुनै कानूनी उपचारको खोजी गरेकी छैनन् । उनले आफू साइबर क्राइमको प्रोसेसमा रहेको बताइन् ।

‘म साइबर क्राइमको प्रोसेसका लागि काठमाडौंमा नै छु । साइबर ब्यूरोबाट पत्ता लागिसकेपछि बल्ल मुद्दा हाल्ने हो,’ उनले भनिन् । भिडिओ आफ्नो नभएको उनले दोहोर्याइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी