२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको माओवादीको कारबाहीमा परेकी शान्ति बरालको दाबी

२०८०, २१ कार्तिक मंगलवार १०:३७

कार्तिक २१, काठमाडौँ | अश्लील भिडिओ काण्डमा  नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि एकपटक चर्चामा आएकी छन् । उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामी भएको छ ।

एक युवतीले टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको भिडिओ ट्वीटर–फेसबुकतिर केही दिनदेखि शेयर भइरहेको थियो । यी युवती माओवादीकी रुपन्देही नेतृ शान्ति बराल भएको चर्चाले बजार तताएको थियो । यद्यपि, प्रविधिको जमानामा यो भिडिओको यथार्थताबारे ठोकुवा गर्न सक्ने अवस्था थिएन । तर, माओवादीले नै कारवाही गरेपछि भने भिडिओ उनकै हो भन्ने आधार बलियो भएको छ । यद्यपि, शान्ती आफैंले भने स्वीकारेकी छैनन् ।

भिडिओ भाइरल हुन थालेपछि शान्तिले फेसबुकमा स्टाटस लेख्दै खण्डन गरेकी थिइन् । एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको उनको दाबी थियो । तर, केही समयमा उनले त्यो स्टाटस हटाइन् ।

हिजो माओवादीले कारवाही गरेको विज्ञप्ति आएपछि शान्तिले टिकटकबाट त्यसमा प्रतिक्रिया जनाएकी छन् । उनले अझै पनि भिडिओ आफ्नो भएको स्वीकार गरेकी छैनन् । एआइ (आर्टिफिसियल इन्टलिजेन्स) प्रविधिको दुरुपयोग गरेर भिडिओ बनाइएको उनको दाबी छ ।

बरालले लेखेकी छन्, ‘हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु ।’


आफू राजनीतिक कार्यकर्ता हुनुका साथै नियमित टिकटक प्रयोगकर्ता भएको शान्तिले उल्लेख गरेकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई कानूनी दायरामा ल्याउन उनको सरकारसँग माग छ ।

‘आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी आफ्नो खाता सञ्चालन गरेको र मेरो सामाजिक सम्पर्क र समर्थकहरु देखेर पहिलेदेखि नै विरोधीहरुले चरित्रहत्या गर्ने धम्की दिँदै आएका थिए । केही उच्छृङ्खल व्यक्तिहरुले भिडिओलाई सम्पादन गरी अश्लिल बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएकाले उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले मेरो चरित्रहत्या गरेकाले कानूनी दायरामा ल्याउन सरकारसँग अपिल गर्दछु’, उनले लेखेकी छन् ।

‘नक्कली भिडिओ’ आएपछि पर्न गएको असुविधाप्रति उनले सामाजिक सञ्जालका समर्थकहरुसँग क्षमा मागेकी छन् ।

भिडिओ एडिटेड भएको बताइरहे पनि शान्तीले अहिलेसम्म कुनै कानूनी उपचारको खोजी गरेकी छैनन् । उनले आफू साइबर क्राइमको प्रोसेसमा रहेको बताइन् ।

‘म साइबर क्राइमको प्रोसेसका लागि काठमाडौंमा नै छु । साइबर ब्यूरोबाट पत्ता लागिसकेपछि बल्ल मुद्दा हाल्ने हो,’ उनले भनिन् । भिडिओ आफ्नो नभएको उनले दोहोर्याइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने