१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

२२ कार्तिक २०८०, बुधबार ०६:५२

कार्तिक २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोटबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्। भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नु पर्ने कदमबारे लामिछानेले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर लिखित रुपमै सुझाव दिएका हुन्।

लामिछानेले दिएको पहिलो सुझावमा विपद्का बेला समयमा न¥याइएका सामानको महत्व नहुने बताउँदै सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामाग्री तत्काल पुर्‍याउनुपर्ने, दोस्रो सुझावमा प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तर परीक्षण गरी मात्रै पठाउनुपर्ने, तेस्रोमा प्रभावित जनता समयमै राहत नपाउँदा राज्यप्रति निरास रहेकोले सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चाल्नुपर्ने सुझाव दिएका छन्।


यस्तै अर्को सुझावमा जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री थुप्रो  लाग्दा पनि भूकम्प पीडितसम्म नपुगेकोृ बताउँदै सिडियोले मात्रै सम्हाल्न सक्ने स्थिति नरहेकाले त्यसमा सरकारको ध्यान दिनुपर्ने बुँदा समेटिएको छ।

राहत वितरणमा एकरूपता नभएको, दलगत हिसावले पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो रहेको दाबी गर्दै राहतमा राजनीति नगरिदिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिदिन उनले सुझाव दिएका छन्। यस्तै विकट ठाउँमा सामुदायिक रेडियोलाई जोगाउनु देखिएको,  अस्पतालहरूमा राम्रो काम भइरहेको भएतापनि जाजरकोट जिल्ला अस्पतालमा स्टाबिलाइजर नरहेको,  जाजरकोट जिल्ला अस्पताल ५० बेडको भएपनि सामान्य शल्यक्रिया समेत हुननसक्ने अवस्था रहेको, उपकरणहरु नरहेको,शल्यक्रिया कक्ष र आइसियु नरहेको, विशेषज्ञका सबै दरबन्दी खाली रहेको भन्दै लामिछानेले यी समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।

लामिछानेले विगत भूकम्पमा पुनःस्थापना तथा पुननिर्माण कार्यमा भएको ढिलासुस्ती यसपटक नदोहोरियो भन्दै आफूहरू पनि त्यो जिम्मेवारी लिन तयार रहेको कुरा जानकारी गराएका छन्।

यस्तै सुझावमा शौचालय र खानेपानीको समस्या व्यवस्थापन गर्नुपर्ने, मरेका पशु चौपायाहरूको व्यवस्थापन गर्नुपर्ने, जनस्वास्थ्य टोली यथाशिघ्र पठाउनु पर्नेतर्फ सरकारको ध्यान जानुपर्ने विषय पनि समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी