2026-07-11 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

कार्तिक २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोटबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्। भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नु पर्ने कदमबारे लामिछानेले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर लिखित रुपमै सुझाव दिएका हुन्।

लामिछानेले दिएको पहिलो सुझावमा विपद्का बेला समयमा न¥याइएका सामानको महत्व नहुने बताउँदै सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामाग्री तत्काल पुर्‍याउनुपर्ने, दोस्रो सुझावमा प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तर परीक्षण गरी मात्रै पठाउनुपर्ने, तेस्रोमा प्रभावित जनता समयमै राहत नपाउँदा राज्यप्रति निरास रहेकोले सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चाल्नुपर्ने सुझाव दिएका छन्।


यस्तै अर्को सुझावमा जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री थुप्रो  लाग्दा पनि भूकम्प पीडितसम्म नपुगेकोृ बताउँदै सिडियोले मात्रै सम्हाल्न सक्ने स्थिति नरहेकाले त्यसमा सरकारको ध्यान दिनुपर्ने बुँदा समेटिएको छ।

राहत वितरणमा एकरूपता नभएको, दलगत हिसावले पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो रहेको दाबी गर्दै राहतमा राजनीति नगरिदिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिदिन उनले सुझाव दिएका छन्। यस्तै विकट ठाउँमा सामुदायिक रेडियोलाई जोगाउनु देखिएको,  अस्पतालहरूमा राम्रो काम भइरहेको भएतापनि जाजरकोट जिल्ला अस्पतालमा स्टाबिलाइजर नरहेको,  जाजरकोट जिल्ला अस्पताल ५० बेडको भएपनि सामान्य शल्यक्रिया समेत हुननसक्ने अवस्था रहेको, उपकरणहरु नरहेको,शल्यक्रिया कक्ष र आइसियु नरहेको, विशेषज्ञका सबै दरबन्दी खाली रहेको भन्दै लामिछानेले यी समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन्।

लामिछानेले विगत भूकम्पमा पुनःस्थापना तथा पुननिर्माण कार्यमा भएको ढिलासुस्ती यसपटक नदोहोरियो भन्दै आफूहरू पनि त्यो जिम्मेवारी लिन तयार रहेको कुरा जानकारी गराएका छन्।

यस्तै सुझावमा शौचालय र खानेपानीको समस्या व्यवस्थापन गर्नुपर्ने, मरेका पशु चौपायाहरूको व्यवस्थापन गर्नुपर्ने, जनस्वास्थ्य टोली यथाशिघ्र पठाउनु पर्नेतर्फ सरकारको ध्यान जानुपर्ने विषय पनि समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट