१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आलमको मुद्दामा बहस सकियो : १५ दिनभित्र बहस नोट र टिपोट पेस गर्न आदेश

२२ कार्तिक २०८०, बुधबार ११:२२

कार्तिक २२, रौतहट | रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम बहस सकिएको छ। रौतहट जिल्ला अदालतमा केही दिनदेखि चलेको बहस बुधबार सकिएको जिल्ला अदालतका स्रेष्तेदार उद्धव ढोडारीले बताए।

‘मुद्दामा पक्ष,विपक्षी र सरकारी वकिलका साथै पीडितका तर्फबाट पनि बहस सकिएको छ,’ उनले भने, ‘यो मुद्दा धेरै गम्भीर र ठूलो भएका कारण फैसलाअघि केही आदेश गरेको छ।’

जिल्ला अदालत रौतहटका स्रेस्तेदार ढोडारीका अनुसार जिल्ला अदाललते १५ दिनभित्र बहस नोट पेस गर्ने पक्ष र विपक्षीका साथै सरकारी वकिललाई पनि आदेश गरेको छ। यस्तै अदालतका कर्मचारीहरुलाई मुद्दाको सार संक्षेपीकरण  बनाएर इजलासमा पेस गर्न पनि आदेशमा भनेको छ।


वादी, प्रतिवादी र सरकारी वकिलबाट बहस नोट मगाउने र १५ दिनभित्र पेसी राखेर अन्तिम फैसला सुनाउने आदेश भएको उनले बताए। यसका लागि मुद्दा हेर्दा हेर्दै राखिएको छ। यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरु भएको थियो।

पीडितका तर्फबाट सुरुमा बहस भएको थियो भने मंगलबार सरकारी पक्षले पनि बहस थालेका थिए। बुधबार सरकारी पक्षको बहस सकेर पीडितका तर्फबाट बहस भएको थियो।

केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको थियो। अब बहस नोट पेस भएपछि जिल्ला अदालतले फैसला सुनाउने छ। सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीको नेतृत्व आलमलाई सफाइ दिन नमिल्ने दाबीसहित बहस गरेका थिए।

पीडितका तर्फबाट बहस गर्न काठमाडौंबाट केही अधिवक्ताहरु पुगेका थिए। अधिवक्ता पुष्प पौडेलसहितका केही अधिवक्ताहरुले बुधबार बहस गरेका छन्। उनीहरुले आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी