2026-07-11 05:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आलमको मुद्दामा बहस सकियो : १५ दिनभित्र बहस नोट र टिपोट पेस गर्न आदेश

कार्तिक २२, रौतहट | रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम बहस सकिएको छ। रौतहट जिल्ला अदालतमा केही दिनदेखि चलेको बहस बुधबार सकिएको जिल्ला अदालतका स्रेष्तेदार उद्धव ढोडारीले बताए।

‘मुद्दामा पक्ष,विपक्षी र सरकारी वकिलका साथै पीडितका तर्फबाट पनि बहस सकिएको छ,’ उनले भने, ‘यो मुद्दा धेरै गम्भीर र ठूलो भएका कारण फैसलाअघि केही आदेश गरेको छ।’

जिल्ला अदालत रौतहटका स्रेस्तेदार ढोडारीका अनुसार जिल्ला अदाललते १५ दिनभित्र बहस नोट पेस गर्ने पक्ष र विपक्षीका साथै सरकारी वकिललाई पनि आदेश गरेको छ। यस्तै अदालतका कर्मचारीहरुलाई मुद्दाको सार संक्षेपीकरण  बनाएर इजलासमा पेस गर्न पनि आदेशमा भनेको छ।


वादी, प्रतिवादी र सरकारी वकिलबाट बहस नोट मगाउने र १५ दिनभित्र पेसी राखेर अन्तिम फैसला सुनाउने आदेश भएको उनले बताए। यसका लागि मुद्दा हेर्दा हेर्दै राखिएको छ। यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरु भएको थियो।

पीडितका तर्फबाट सुरुमा बहस भएको थियो भने मंगलबार सरकारी पक्षले पनि बहस थालेका थिए। बुधबार सरकारी पक्षको बहस सकेर पीडितका तर्फबाट बहस भएको थियो।

केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको थियो। अब बहस नोट पेस भएपछि जिल्ला अदालतले फैसला सुनाउने छ। सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीको नेतृत्व आलमलाई सफाइ दिन नमिल्ने दाबीसहित बहस गरेका थिए।

पीडितका तर्फबाट बहस गर्न काठमाडौंबाट केही अधिवक्ताहरु पुगेका थिए। अधिवक्ता पुष्प पौडेलसहितका केही अधिवक्ताहरुले बुधबार बहस गरेका छन्। उनीहरुले आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट