Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

निर्णय लत्याउदै डोटीका एलडीओ दशैं मनाउन घर गए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/1b7952bdae187952894203c8da270d451475828804.jpg" style="width: 478px; float: left;">प्रकाश बम | असोज २१, डोटी | देशभरीका स्थानीय विकास अधिकारी(एलडीओ) हरुले यसपालिको दशैंतिहारको विदामा समेत कार्यालयमा नियमतिक काम गर्नुपर्ने निर्देशन भए पनि त्यसलाई लत्याउदै डोटीका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद गौतम भने दशै मनाउन आफ्नो गृह जिल्ला प्रस्थान भएका छन् ।<br></p><p>स्थानीय तह पुनर्संरचना कार्य छिटो सक्न सरकारले एलडीओहरुलाई सार्वजनिक विदामा समेत काम गर्न निर्देशन दिएको हो । एलडीओहरुलाई समबन्धित जिल्लाको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको संयोजक बनाइएको छ । हाल सोही समितिको समन्वयमै जिल्ला जिल्लामा स्थानीय तह पुनर्संरचना कार्य भइरहेको छ ।</p><p>स्थानीय तह निर्कारण कार्य तीव्र गतिमा भए स्थानीय तह पुर्संरचना आयोगले आगामी कात्तिकभित्र प्रारम्भिक प्रतिवेदन दिने सरकारको अपेक्षा छ । उनले भने,यस समयमा सबै दशै मनाउन घर जाने भएकाले जिल्लामा स्थानीय तह पुनर्संरचना कार्य गर्न नसकिने बताए । &nbsp;</p>