२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी पाण्डेले दिए राजीनामा

२०८०, २४ कार्तिक शुक्रबार ०७:५८

कार्तिक २४, काठमाडौँ | जन्ममिति विवादमा फस्ने भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन्। 

उमेर कम देखाउन नागरिकता लगायत कागजात कीर्ते गरेको आरोपमा जंगी अड्डाले छानबिन सुरु गरेपछि पाण्डेले राजीनामा बुझाएका हुन्। रथी बढुवाको बेला पाण्डेले नागरिकता लगायत कागजात कीर्ते गरेको भन्दै जन्ममिति विवाद सतहमा आएको थियो। 


प्रधान सेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी गरेका थिए। तर बलाध्यक्ष रथी सीताराम खड्काले जन्ममिति विवाद भएको भन्दै बढुवा समितिमा असहमति जनाएका थिए।

अख्तियारले समेत यो विषयमा चासो राख्दै जन्ममिति विवाद छानबिन गर्न भन्दै निर्देशन दिएको थियो। नेपाली सेना भित्रको विषयहरु अख्तियारले हेर्न नमिल्ने भएकाले मुख्यालयलाई नै छानबिन गर्न भन्दै निर्देशन दिइएको थियो।

छानबिनका क्रममा पाण्डेका २ वटा फरक फरक जन्ममिति भएका नागरिकता भेटिएको थियो। शैक्षिक योग्यताको प्रमाणपत्र समेत केरमेट भएको भेटिएको थियो। रथीमा बढुवा भएर प्रधान सेनापति बन्ने लाइनमा रहेका भनिएका उनले जन्ममिति नै कीर्ते गरेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !