2026-07-11 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति पौडेल कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनुभएको छ : अध्यक्ष ओली

मङ्सिर २, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले सुरुदेखि नै राष्ट्रपति पौडेलको पदीय निष्पक्षतामाथि शंका रहेको बताए । उनले अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा राष्ट्रपति लागिपरेको आरोप पनि लगाए ।

‘भूकम्पपीडितको राहतमा खटिएका सेना र प्रहरीलाई काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको ?’ भन्दै ओलीले राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे ।

ओलीले भने “राष्ट्रपति जाजरकोट किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्नु सुन्नुभएकै थियो । त्योभन्दा अगाडि नै खबर आइसकेको थियो– नेताहरूको भीडले, नेताहरूको चाकडीमा सेना, प्रहरी खट्नुपर्दा त्यहाँ उद्धार गर्न पाइएन भन्ने आएकै थियो,”,|“उहाँ (राष्ट्रपति) अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरू उहाँहरूलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने, बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्‍यो राष्ट्रपतिज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो ।”

राष्ट्रपति पौडेलले तनहुँ पुगेर कांग्रेसमा भोट हालेकामा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि सोही पार्टीको प्रतिनिधिका रूपमा पुगेको ओलीको भनाइ थियो ।

उनले थपे, “म यो किन भन्दै छु भने राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसमा भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । कांग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला, उहाँको निष्पक्षताको त कुरे नगरौँ । उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरू देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन । सुरुदेखि नै अथवा संविधानानुसार सरकार चल्नुपर्ने, संविधानानुसार देश चल्नुपर्ने, संविधानानुसार राष्ट्रपति चल्नुपर्ने, संविधानानुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधानानुसार राज्यका निकायहरू चल्नुपर्ने । तर, संविधान सिध्याउने कुरामा उहाँहरू लाग्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट