१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

८ वर्षपछि प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत

५ मंसिर २०८०, मंगलवार ०७:५२

मङ्सिर ५, काठमाडौँ | नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । २०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न राजी भएका हुन् ।

बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । सोमबार बसेको पार्टी एकता वार्ता समितिले शीर्ष नेताहरूकै नेतृत्वमा संयोजन समिति बनाउन सुझाव दिएको थियो । टोखामा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादीसँग एकता गर्ने सहमति जुटेको महासचिव रमेश यादवले बताए ।


उनले भने, माओवादीसँग एकता गर्न हामीबीच सहमति भएको छ । अब हामीले पार्टी अध्यक्षकै नेतृत्वमा समायोजन समिति बनाउँछौं । उहाँहरूको तर्फबाट पनि पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा समिति बनाउनुपर्छ भनेका छौं । उहाँहरु पनि तयार हुनुहुन्छ । उनले समितिका अर्का अध्यक्ष यादव पनि रहने बताए ।

उनले भने, हामीले हिजो गरेको निर्णय कार्यान्वयनका लागि अहिले पदाधिकारी बैठक बस्दैछौं । थप निर्णय भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ ।

वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा माओवादीसँग एकता गर्न लागेको उनले सुनाए । एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको उनले दाबी गरे ।

वार्ता समितिमा माओवादीले पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । अध्यक्ष भट्टराई माओवादीसँग एकताको लागि सकारात्मक नभएपछि अर्का अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू तत्काल माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएपछि दबाबमा परेर पार्टी विभाजन हुनबाट रोक्न सहमति जनाएको हुन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी