Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

८ वर्षपछि प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत

२०८०, ५ मंसिर मंगलवार ०७:५२

मङ्सिर ५, काठमाडौँ | नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । २०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न राजी भएका हुन् ।

बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । सोमबार बसेको पार्टी एकता वार्ता समितिले शीर्ष नेताहरूकै नेतृत्वमा संयोजन समिति बनाउन सुझाव दिएको थियो । टोखामा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादीसँग एकता गर्ने सहमति जुटेको महासचिव रमेश यादवले बताए ।


उनले भने, माओवादीसँग एकता गर्न हामीबीच सहमति भएको छ । अब हामीले पार्टी अध्यक्षकै नेतृत्वमा समायोजन समिति बनाउँछौं । उहाँहरूको तर्फबाट पनि पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा समिति बनाउनुपर्छ भनेका छौं । उहाँहरु पनि तयार हुनुहुन्छ । उनले समितिका अर्का अध्यक्ष यादव पनि रहने बताए ।

उनले भने, हामीले हिजो गरेको निर्णय कार्यान्वयनका लागि अहिले पदाधिकारी बैठक बस्दैछौं । थप निर्णय भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ ।

वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा माओवादीसँग एकता गर्न लागेको उनले सुनाए । एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको उनले दाबी गरे ।

वार्ता समितिमा माओवादीले पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । अध्यक्ष भट्टराई माओवादीसँग एकताको लागि सकारात्मक नभएपछि अर्का अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू तत्काल माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएपछि दबाबमा परेर पार्टी विभाजन हुनबाट रोक्न सहमति जनाएको हुन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली