२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार गर्ने युवा संघका सचिवालय सदस्य भएको पुष्टि

२०८०, ६ मंसिर बुधबार ०६:४५

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो ।

राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो । महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।


महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा आएको थियो । प्रहरी आउँदा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए । प्रहरीले राति ११ बजे नै युवा संघका अध्यक्ष क्षितिज थेवेलाई फोन गरेर घटनाको विषयमा जानकारी दिएको थियो । अध्यक्ष थेवेले आफूले प्रहरीबाटै थाहा पाएको बताए ।

उनले भने, ‘मलाई ११ बजे फोन आयो । त्यसपछि मैले भक्तपुरका स्थानीय साथीहरूलाई फोन गर्दा कोही पनि संलग्न नरहेको पाएँ । मैले पार्टी प्यालेसबाट निकालिएका महिलालाई त्यहीँ सुत्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरेको थिएँ । यसमा संगठनको तर्फबाट कुनै संलग्नता छैन ।’

विनोद राई माओवादीबाट, विप्लव हुँदै एमालेमा आएका हुन् । यसअघि दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको स्रोतले बताएको छ । तर, उनी पक्राउ भने परेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !