१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार गर्ने युवा संघका सचिवालय सदस्य भएको पुष्टि

६ मंसिर २०८०, बुधबार ०६:४५

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो ।

राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि दुर्व्यवहार गरेको थियो । महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।


महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा आएको थियो । प्रहरी आउँदा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए । प्रहरीले राति ११ बजे नै युवा संघका अध्यक्ष क्षितिज थेवेलाई फोन गरेर घटनाको विषयमा जानकारी दिएको थियो । अध्यक्ष थेवेले आफूले प्रहरीबाटै थाहा पाएको बताए ।

उनले भने, ‘मलाई ११ बजे फोन आयो । त्यसपछि मैले भक्तपुरका स्थानीय साथीहरूलाई फोन गर्दा कोही पनि संलग्न नरहेको पाएँ । मैले पार्टी प्यालेसबाट निकालिएका महिलालाई त्यहीँ सुत्ने व्यवस्था मिलाउन प्रहरीलाई आग्रह गरेको थिएँ । यसमा संगठनको तर्फबाट कुनै संलग्नता छैन ।’

विनोद राई माओवादीबाट, विप्लव हुँदै एमालेमा आएका हुन् । यसअघि दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा भएको स्रोतले बताएको छ । तर, उनी पक्राउ भने परेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी