१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौ : अध्यक्ष थेबे

६ मंसिर २०८०, बुधबार ०८:४४

मङ्सिर ६, काठमाडौँ | नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले  युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू फैलाइएको बताएका छन् । 

गए राति दुर्गा प्रसाईँ समर्थक महिलाहरूलाई भक्तपुरको एक पार्टी प्यालेसमा सुतिरहेका बेला युवासंघका कार्यकर्ता बताउने एक समूहले लखेटेको भिडियो सार्वजनिक भएको थियो ।

‘राष्ट्रिय युवा सङ्घ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको सङ्गठन हो’, युवा संघले भनेको छ, ‘नेपाली जनताको लामो बलिदानी त्याग र सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरूलाई सङ्गठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा सङ्गठनलाई बदनाम गर्न सङ्गठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो ।’

साथै युवा सङ्घले मङ्सिर ७ गते आयोजना गरिएको युवा– विद्यार्थीको  कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुस पैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेको आशङ्का गरेको जनाएको छ । ‘घुसपैठबारे हामीले आन्तरिक रुपमा छानबिन गरिरहेको ब्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ’, युवा सङ्घले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी