२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौ : अध्यक्ष थेबे

२०८०, ६ मंसिर बुधबार ०८:४४

मङ्सिर ६, काठमाडौँ | नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले  युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू फैलाइएको बताएका छन् । 

गए राति दुर्गा प्रसाईँ समर्थक महिलाहरूलाई भक्तपुरको एक पार्टी प्यालेसमा सुतिरहेका बेला युवासंघका कार्यकर्ता बताउने एक समूहले लखेटेको भिडियो सार्वजनिक भएको थियो ।

‘राष्ट्रिय युवा सङ्घ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको सङ्गठन हो’, युवा संघले भनेको छ, ‘नेपाली जनताको लामो बलिदानी त्याग र सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरूलाई सङ्गठनले बुलन्द गर्दै आएको छ । यही सन्दर्भमा सङ्गठनलाई बदनाम गर्न सङ्गठनको नाम जोडेर सामाजिक सञ्जालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको पाइयो ।’

साथै युवा सङ्घले मङ्सिर ७ गते आयोजना गरिएको युवा– विद्यार्थीको  कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुस पैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेको आशङ्का गरेको जनाएको छ । ‘घुसपैठबारे हामीले आन्तरिक रुपमा छानबिन गरिरहेको ब्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनै पनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ’, युवा सङ्घले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !