2026-07-11 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न मसँग अनुमति लिनुपर्छ’ – दुर्गा प्रसाईँ

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए । 

यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ । 

‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’, उनले चेतावनी दिए । 

यसैगरी युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए । 

‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि तर हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लियो उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट