१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

७ मंसिर २०८०, बिहीबार ०५:३८

मङ्सिर ७, काठमाडौं | दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

दुई समूहले आज एकै समय काठमाडौँको तिनकुनेमा एमाले आवद्ध २३ सङ्गठनहरू र  बल्खु क्षेत्रमा मेडिकल व्यवसायी प्रसाईँले अहिले साढे १० बजे भेला गर्ने र त्यसमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखी उपत्यकाका तीन वटै जिल्लाका सुरक्षा व्यवस्था कडा बनाइएको हो।


काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कुराकानी गर्दै दुबै पक्षको भेलामा हुन सक्ने घुसपैठ र त्यसबाट निम्तिन सक्ने अवस्थालाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाइएको बताए।

उनले दुबै पक्षले शान्तिपूर्ण ढङ्गबाट भेला सम्पन्न गर्ने प्रतिवद्धता जनाएको र दुबै समूहको भेट नहुने गरी रुट छुट्याइएको बताए। 

प्रमुख जिल्ला अधिकारी बस्नेतले शान्तिपूर्ण रुपले भेला सम्पन्न गर्ने बताएको हुँदा दुबै पक्षबाट अराजकता निम्तिने कुनैपनि काम भएमा तत्काल एक्सनमा जाने र आवश्यक कारबाही गरिने चेतावनी समेत दिए। 

भेलालाई ध्यानमा राखी दुबै प्रदर्शन स्थल र सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको भन्दै उनले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको पनि जानकारी दिए।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आजको प्रदर्शनमा अप्रिय घटना हुनसक्ने सूचनाको आधारमा सुरक्षा सतर्कता अपनाइएको बताए। 

उनले दुई समूहबीच हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखी र भेलामा घुसपैठको सम्भावना रहेको हुँदा कुनैपनि जनधनको क्षति हुन नदिन तथा अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको बताए।

यसैबीच, भक्तपुरमा दुबै समूहको भेलालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले दुबै समूहको भेला एकै समय हुने भएकाले भक्तपुरबाट निस्कने जुलुशलाई ध्यानमा राखी सुरक्षा सतर्कता कडा बनाइएको बताइन्।  

उनले युवा संघका कार्यकर्ताहरू सल्लाघारीमा भेला भएर तिनकुने तर्फ जाने र दुर्गा प्रसाईँ निकटका मानिसहरू सानोठिमीस्थित चौरमा भेला भएर बल्खु तर्फ जाने हुँदा केही समय सडक यातायात प्रभावित हुने पनि बताइन्।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह