२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

२०८०, ७ मंसिर बिहीबार ०५:३८

मङ्सिर ७, काठमाडौं | दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

दुई समूहले आज एकै समय काठमाडौँको तिनकुनेमा एमाले आवद्ध २३ सङ्गठनहरू र  बल्खु क्षेत्रमा मेडिकल व्यवसायी प्रसाईँले अहिले साढे १० बजे भेला गर्ने र त्यसमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखी उपत्यकाका तीन वटै जिल्लाका सुरक्षा व्यवस्था कडा बनाइएको हो।


काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कुराकानी गर्दै दुबै पक्षको भेलामा हुन सक्ने घुसपैठ र त्यसबाट निम्तिन सक्ने अवस्थालाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाइएको बताए।

उनले दुबै पक्षले शान्तिपूर्ण ढङ्गबाट भेला सम्पन्न गर्ने प्रतिवद्धता जनाएको र दुबै समूहको भेट नहुने गरी रुट छुट्याइएको बताए। 

प्रमुख जिल्ला अधिकारी बस्नेतले शान्तिपूर्ण रुपले भेला सम्पन्न गर्ने बताएको हुँदा दुबै पक्षबाट अराजकता निम्तिने कुनैपनि काम भएमा तत्काल एक्सनमा जाने र आवश्यक कारबाही गरिने चेतावनी समेत दिए। 

भेलालाई ध्यानमा राखी दुबै प्रदर्शन स्थल र सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको भन्दै उनले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको पनि जानकारी दिए।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आजको प्रदर्शनमा अप्रिय घटना हुनसक्ने सूचनाको आधारमा सुरक्षा सतर्कता अपनाइएको बताए। 

उनले दुई समूहबीच हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखी र भेलामा घुसपैठको सम्भावना रहेको हुँदा कुनैपनि जनधनको क्षति हुन नदिन तथा अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको बताए।

यसैबीच, भक्तपुरमा दुबै समूहको भेलालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले दुबै समूहको भेला एकै समय हुने भएकाले भक्तपुरबाट निस्कने जुलुशलाई ध्यानमा राखी सुरक्षा सतर्कता कडा बनाइएको बताइन्।  

उनले युवा संघका कार्यकर्ताहरू सल्लाघारीमा भेला भएर तिनकुने तर्फ जाने र दुर्गा प्रसाईँ निकटका मानिसहरू सानोठिमीस्थित चौरमा भेला भएर बल्खु तर्फ जाने हुँदा केही समय सडक यातायात प्रभावित हुने पनि बताइन्।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !