१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हिंसा लम्ब्याउन प्रचण्ड राजावादी भइदिन सक्छन्, देव गुरुङको अभिव्यक्ति त्यसैको संकेत: महेश बस्नेत

७ मंसिर २०८०, बिहीबार ०६:१६

मङ्सिर ७, काठमाडौं | नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताए ।


उनले भने, ‘हिजो केपी ओलीलाई गणतन्त्रवादी होइनन् राजावादी हुन् भन्ने प्रचार गरिन्थ्यो । आज केपी कमरेड र उहाँको जनसंगठनहरुले गणतन्त्रमाथि प्रश्न उठेको बेलामा सबैभन्दा पहिला प्रश्न उठाउनेकाविरुद्ध अगाडि आएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपाली समाजले लामो समयदेखि ल्याएको व्यवस्था हो । योमाथि आक्रमण हुँदा त्यसको प्रतिरक्षामा सबैभन्दा पहिला एमाले हुन्छ । अब प्रचण्ड किन आउनुभएन ? शेरबहादुर देउवा किन बोल्नुभएन ?’

उनले अहिले गणतन्त्रमाथि खतरा नभएको जिकिर गर्दै प्रश्न मात्रै उठाइएको दाबी गरे ।

उनले भने, ‘हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन पनि सक्नुहुन्छ । हिजो उहाँको पार्टीको महासचिव देव गुरुङले त्यही खालको अभिव्यक्ति दिनुभएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै