2026-07-11 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज केही मात्रमा मात्र खुलेको काठमाडौँ भोलिदेखि बन्द हुन्छ: दुर्गा प्रसाईं

मङ्सिर ७, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए ।

बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए ।

“हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्,” प्रसाईंले भने, “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।”

उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट