१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंलाई मेयर हर्कको प्रश्न: कसरी त्यति विधि पैसा कमाएछ ?

७ मंसिर २०८०, बिहीबार १०:१४

मङ्सिर ७, काठमाडौँ | धरान उपमहानगरका प्रमुख हर्कराज राईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कसरी यत्तिको पैसा कमाएछन् भनेर प्रश्न गरेका छन् । प्रसाईं व्यवस्था बदल्नको लागि काठमाडौंमा आन्दोलनमा उत्रिएकै बेलामा मेयर राईले भने प्रसाईंको धन आर्जनबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय मेयर राईले विभिन्न विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । पछिल्लो समय उनले काठमाडौंमा भैरहेका प्रसाईं र एमालेनिकट युवा–विद्यार्थीहरुको आन्दोलनलक्षित स्टाटस लेखिरहेका छन् । यस्तैमा उनले प्रसाईंले कसरी यत्तिको पैसा कमाएको रहेछ भनेर प्रश्न सोधेका छन् ।


उनले लेखेका छन्–‘दुर्गा प्रसाईंले कसरी त्यति विधि पैसा कमाएछ ! उस्कै आफन्तको कुरा सुन्दा त पहिले दूध बेच्थ्यो रे ! यथार्थ के हो ? आज अरबौंको मालिक बनिरहँदा सम्पत्तिको स्रोत खुलाइदिए राम्रो हुन्थ्यो !’

यस्तै, उनले प्रसाईं र एमालेको प्रदर्शनलाई लिएर आलोचना पनि गरेका छन् । उनले काठमाडौंमा आज हुने खर्च, जनबल र उर्जा सबै जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित र पूनःनिर्माणमा खर्चिएको भए कित राम्रो हुने थियो भनेर पनि सुझाव दिएका छन् । त्यसबारे उनले लेखेका छन्–‘आज काठमाण्डौँमा खर्च हुने पैसा, जनबल र उर्जा सबै जाजरकोटमा उद्दार र पुनः निर्माणमा खर्च हुन सके कति राम्रो हुन्थ्यो भन्दै म चाहिँ हिँडें विरुवामा पानी लाउन ! जय बुद्धि !’

उनले पार्टी, जाति, धर्म सबैभन्दा माथि देश भनेका छन् । उनले आफूले देश सम्झिएर कठिन कामहरु प्नि सहज तरिकाले गरिरहेको सुनाएका छन् । उनले आफूले अनेक पीडा, कष्ट र अपमान सहेरपनि श्रमदान गरिरहने उल्लेख गरेका छन् । उनी भन्छन्–‘पार्टी होइन देश ! जाति होइन देश ! धर्म होइन देश ! मेरो देश… हामी सबैको देश ! हो म त्यही देश सम्झेर कठीन कामहरु पनि सहज तरिकाले गरिरहन्छु ! अनेक पिडा, कष्ट र अपमान सहेर पनि श्रमदान गरिरहन्छु !’

मेयर राईले व्यवस्थाको भने कडा रुपमा बचाउ गरेका छन् । उनले अहिले गणतन्त्र फालियो भने आफ्नो मेयरको पद पनि खारेज हुने होला र आफू सिधै राजा बन्ने होला की प्रधानमन्त्री पो ? भन्दै मजाकसमेत गरेका छन् ।

यस्तो छ उनको मजाकमिश्रित स्टाटस–‘गणतन्त्र फाल्ने आन्दोलन हुँदैछ भन्छ ! गणतन्त्र फालियो भने मेरो मेयरको पद पनि खारेज हुन्छ होला ! अनि म सिधै राजा बन्ने होला कि प्रधानमन्त्री पो ??? हाँस नउठेको बेला पनि कति हाँस्नु लाको, पापीहरु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी