२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंलाई मेयर हर्कको प्रश्न: कसरी त्यति विधि पैसा कमाएछ ?

२०८०, ७ मंसिर बिहीबार १०:१४

मङ्सिर ७, काठमाडौँ | धरान उपमहानगरका प्रमुख हर्कराज राईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कसरी यत्तिको पैसा कमाएछन् भनेर प्रश्न गरेका छन् । प्रसाईं व्यवस्था बदल्नको लागि काठमाडौंमा आन्दोलनमा उत्रिएकै बेलामा मेयर राईले भने प्रसाईंको धन आर्जनबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय मेयर राईले विभिन्न विषयमा आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । पछिल्लो समय उनले काठमाडौंमा भैरहेका प्रसाईं र एमालेनिकट युवा–विद्यार्थीहरुको आन्दोलनलक्षित स्टाटस लेखिरहेका छन् । यस्तैमा उनले प्रसाईंले कसरी यत्तिको पैसा कमाएको रहेछ भनेर प्रश्न सोधेका छन् ।


उनले लेखेका छन्–‘दुर्गा प्रसाईंले कसरी त्यति विधि पैसा कमाएछ ! उस्कै आफन्तको कुरा सुन्दा त पहिले दूध बेच्थ्यो रे ! यथार्थ के हो ? आज अरबौंको मालिक बनिरहँदा सम्पत्तिको स्रोत खुलाइदिए राम्रो हुन्थ्यो !’

यस्तै, उनले प्रसाईं र एमालेको प्रदर्शनलाई लिएर आलोचना पनि गरेका छन् । उनले काठमाडौंमा आज हुने खर्च, जनबल र उर्जा सबै जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित र पूनःनिर्माणमा खर्चिएको भए कित राम्रो हुने थियो भनेर पनि सुझाव दिएका छन् । त्यसबारे उनले लेखेका छन्–‘आज काठमाण्डौँमा खर्च हुने पैसा, जनबल र उर्जा सबै जाजरकोटमा उद्दार र पुनः निर्माणमा खर्च हुन सके कति राम्रो हुन्थ्यो भन्दै म चाहिँ हिँडें विरुवामा पानी लाउन ! जय बुद्धि !’

उनले पार्टी, जाति, धर्म सबैभन्दा माथि देश भनेका छन् । उनले आफूले देश सम्झिएर कठिन कामहरु प्नि सहज तरिकाले गरिरहेको सुनाएका छन् । उनले आफूले अनेक पीडा, कष्ट र अपमान सहेरपनि श्रमदान गरिरहने उल्लेख गरेका छन् । उनी भन्छन्–‘पार्टी होइन देश ! जाति होइन देश ! धर्म होइन देश ! मेरो देश… हामी सबैको देश ! हो म त्यही देश सम्झेर कठीन कामहरु पनि सहज तरिकाले गरिरहन्छु ! अनेक पिडा, कष्ट र अपमान सहेर पनि श्रमदान गरिरहन्छु !’

मेयर राईले व्यवस्थाको भने कडा रुपमा बचाउ गरेका छन् । उनले अहिले गणतन्त्र फालियो भने आफ्नो मेयरको पद पनि खारेज हुने होला र आफू सिधै राजा बन्ने होला की प्रधानमन्त्री पो ? भन्दै मजाकसमेत गरेका छन् ।

यस्तो छ उनको मजाकमिश्रित स्टाटस–‘गणतन्त्र फाल्ने आन्दोलन हुँदैछ भन्छ ! गणतन्त्र फालियो भने मेरो मेयरको पद पनि खारेज हुन्छ होला ! अनि म सिधै राजा बन्ने होला कि प्रधानमन्त्री पो ??? हाँस नउठेको बेला पनि कति हाँस्नु लाको, पापीहरु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !