Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रसाईँलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने- ०४७ को संविधानमा टेकेर नवीन समझदारीमा जाओस्

२०८०, ७ मंसिर बिहीबार १२:१५

मङ्सिर ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा हजारौं मानिस उतारेपछि नेता मिश्रले समर्थन गर्दै आन्दोलन जारी राख्न भनेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘पहिले नेताले मार्ग परिवर्तन गरे र जनता पछि लाग्न बाध्य भए । अहिले, जनताले मार्ग परिवर्तन गरेका छन् र ढिलोचाँडो नेता पछि लाग्न बाध्य हुनेछन् ।

विचार भन्दामाथि देशलाई राखेर आज निस्वार्थरूपमा सडकमा उत्रिनेहरुप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यो जारी रहोस् पर्सि, राजाकै उपस्थितिमा बिर्तामोड, झापामा हुने कार्यक्रम पनि त्यत्तिकै सफल होस् । कुनै अनिष्ट हुनु पहिले नै शान्तिपूर्ण संक्रमण मार्फत देश २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जाओस् ।’

राजसंस्थावादीहरूले पनि नयाँ/पुराना प्रचण्डपन्थीहरूलाई अवमूल्यन गर्न नहुने उनको भनाइ छ ।

प्रचण्डपन्थीहरूले त अब राजसंस्थावादीलाई अवमूल्यन गर्न सक्ने अवस्था नै छैन । जति छिटो नेताहरूले मार्ग परिवर्तन गर्छन्, त्यति छिटो यो देशले सही ट्र्याक समात्ने छ । उनले भनेका छन् ।

प्रसाईंले पनि आफ्नो जनप्रदर्शनलाई जारी राख्ने भनेका छन् । राप्रपाले पर्सि झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितीमा कार्यक्रम गर्दैछ ।

यद्यपी, उपाध्यक्ष मिश्र प्रसाईंको पक्षमा खुलेपनि पार्टीभित्र दुई धार छ । संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले यसअघि नै प्रसाईंको आन्दोलनको पक्षमा पार्टीले सहयोग गर्नुपर्ने बताएका थिए ।

आज राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही प्रसाईंसँग बल्खु पुगेका थिए । नेताहरु एकपछि अर्को गर्दै प्रसाईंको आन्दोलनलाई समर्थन जनाउँदै गर्दा झापामा कार्यक्रमको तयारीमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देन बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली