२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

२०८०, ८ मंसिर शुक्रबार ०७:४१

मङ्सिर ८, काठमाडौँ | असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।

प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो।

प्रसाईंका सचिवालय सदस्य विजय कँडेलले भने, ‘बाहिर सुरक्षा घेरा छ। उहाँको हेल्थको इस्यू पनि आइरहेको छ। त्यसैले उहाँ आजको प्रदर्शनमा निस्किनु हुदैन्।’


उनले प्रसाईं घरबाट बाहिर ननिस्किए पनि उनका समर्थकहरूले प्रदर्शन गर्ने जानकारी दिए।  ‘हामी काठमाडौँका जुनसुकै चोकमा पनि प्रदर्शन गर्न सक्छौँ। तीनकुने नै जानुपर्दैन’, कँडेलले भने, ‘जहाँबाट जसरी सकिन्छ त्यसरी आन्दोलन गर्ने र कुनै चोक बाँकी नराख्ने रणनीतिमा छौँ।’

प्रसाईं समूहले शुक्रबार बिहान तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यसलाई निस्तेज पारिदिएको छ। प्रसाईंको घर वरपरको धेरै संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ।

कँडेलले प्रसाईंलाई नजरबन्द राख्ने हल्ला चले पनि आधिकारिक रुपमा सरकारका तर्फबाट केही नआएको दाबी गरे। ‘प्रहरीले हामी माथि एकदमै दमन गरिरहेको छ। मान्छे निस्किने बित्तिकै समातेर लैजाने र लाठी चार्ज गर्ने गरेको छ’, उनले भने।

सुरुमा वित्तीय संस्था तथा बैङ्कहरूको ऋणबाट ऋणीहरूलाई मुक्त गर्ने प्रतिवद्धता जनाएर अभियान थालेका प्रसाईं पछिल्लो पटक व्यवस्था परिवर्तन आफ्नो एजेण्डा भएको बताउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !