Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले गरे प्रदर्शन

२०८०, ९ मंसिर शनिबार ०९:०८

मङ्सिर ९, काठमाडौँ | काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईँ भक्तपुरस्थित निवासबाट प्रहरीको स्कटिङमा आएका हुन्।

प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। 

बिहीबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार तीनकुन क्षेत्रमा शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो। 

दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आएकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथ पक्राउ गरेको थियो। जसका कारण हिजो र आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले सुरक्षाका कारण देखाउँदै राजावादी समर्थकलाई तीनकुनेमा प्रदर्शन गर्न नदिई सिफलमा दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली