१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ताप्लेजुङमा योगेश भट्टराईलाई कालो झण्डा

१० मंसिर २०८०, आईतवार ०८:१३

मङ्सिर १०, काठमाडौँ | पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित कोणसभा समेत गरे।

उनीहरुले कोशी प्रदेश नामाङ्कनमा हस्ताक्षर गरेको भन्दै प्रदेशसभाका सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोविरुद्ध पनि नाराबाजी गरेका छन्।


गत जेठ २६ गते प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद भट्टराईले पहिचान विरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरहरुको आरोप छ। उनीहरुले त्यस्तो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन्।

भट्टराईले केहिदिन अघि सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीका अध्यक्ष सहितका नेताहरु माथि आक्रमण हुन थालेकोले आक्रमण रोक्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गर्न खोजेको र पहिचान पक्षधरहरुलाई आघात पुग्ने कुनैपनि मनशाय नरहेको प्रष्ट पारेका थिए।

दसैँ, तिहार, छठ, चासोक तङ्नाम, उँधौली उभौंली, ल्होसार सहितका पर्वको अवसरमा भन्दै ताप्लेजुङबाट प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको संयोजनमा एमाले ताप्लेजुङले आइतबार (आज) चियापान कार्यक्रमको आयोजना गरेको छ।

भट्टराई र मेन्याङ्वो सहित प्रतिनिधिसभाका सांसद उर्मिला थेवेको संयोजनमा चियापान कार्यक्रम हुन लागेको हो। पहिचान पक्षधरहरुले कहिदिन अघि मात्र पत्रकार सम्मेलन आयोजना गरी आफ्ना सङ्घर्षका कार्यक्रम यथावत् रहेको जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै