१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरीः कर्मचारीको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप

१० मंसिर २०८०, आईतवार ०९:२६

मङ्सिर १०, काठमाडौँ | क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ।

सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीजरल्याण्ड पठाएको उल्लेख छ।


परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका पौड्यालले त्यस्तो छात्रवृत्तिमा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएर पदीय दुरुपयोग गरेको उजुरीमा उल्लेख छ। त्यस्तै मासिक ६ लाख रूपैयाँ पाउने गरी छात्रवृत्तिमा पठाइएकी छोरीलाई दूतावासको सरकारी आवासगृहमा राखेर राज्यकोषमा भार पारेको दाबीसमेत उजुरीकर्ताले गरेका छन्।

उजुरीकर्ताले पदीय जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्तिलाई राजदूतमा अनुमोदन गर्न नहुने अडान लिएका छन् । उनले आफ्नो मागलाई बेवास्था गरेमा अदालतसमेत जानसक्ने चेतावनी दिएका छन् ।

संसदीय सुनुवाइ समितिको बैठक अहिले जारी छ । सम्भवत आजै उनको नाम समितिबाट अनुमोदन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै