१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकियो, अब ३ जनाको मात्रै बाँकी

१२ मंसिर २०८०, मंगलवार ०८:४४

मङ्सिर १२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्।

आज (मंगलबार) खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ। सोमबारबाट बहस सुरु गरेका रायमाझीका कानुन व्यवसायीले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन्। 


रायमाझीका तर्फको बहस सकिएसँगै अब ३ जना प्रतिवादीहरुको तर्फबाट मात्रै बहस हुन बाँकी छ। अब रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस हुनेछ। उनीहरु ३ जना प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिल पक्षले बहस गर्नेछन्। सरकारी पक्षको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि पुनरावेदन निवेदनको फैसला आउने छ। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौ रुपैयाँ ठगी गरेको पाइएपछि हाइप्रोफाइल व्यक्तिसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो। 

गत असार १ गते काठमाडौं जिल्ला अदालतले टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा र अन्य सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

जिल्लाको सोही आदेशविरुद्ध प्रतिवादीहरु उच्च गएका थिए। उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै