२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत

२०८०, १३ मंसिर बुधबार ०९:२४

मङ्सिर १३, काठमाडौँ  | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

मंगलबारदेखि मधेश प्रदेश अन्तर्गत महोत्तरीको जलेश्वरमा जारी पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

रास्वपाले संसदीय दलका उपनेता, विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायतलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो ।


१४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो।  

हाल रास्वपामा २० सांसद (उपसभामुख इन्दिरा राना बाहेक) मध्ये सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र सांसदहरु सोविता गौतम, गणेश पराजुली, सुमना श्रेष्ठ र विन्दाकासिनी कंसाकार गरी ६ जनामात्र केन्द्रीय समितिमा रहेका थिए ।

बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !