मेयर बालेनले भने - तिमीहरूको मिसन–८४ ले देश बन्दैन, तिमीहरूलाई सकाएर बन्छ

Posted on: 30 Nov, 2023

मङ्सिर १४, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरुप्रति व्यंग्यत्मक टिप्पणी गर्दै  मिसन–८४ ले देश नबन्ने बताएका छन् । 

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलका नेताबाट देश नबन्ने धारणा राखेका हुन्।

राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखे 'देश बन्छ,‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!