४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण र रायमाझीलाई छाड्ने/नछाड्ने आदेश भोलि

१४ मंसिर २०८०, बिहीबार ११:४६

मङ्सिर १४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले शुक्रबार आदेश सुनाउने भएको छ।

मंसिर ५ गतेदेखि जारी ७३ नम्बर निवेदनको सुनुवाइ सकेर शुक्रबार आदेश सुनाउने तयारी उच्च अदालतले गरेको हो।

उच्च अदालत स्रोतले भन्यो, ‘आज करिब बहस सकिएको छ। भोलि आदेश सुनाउने गरी तयारी गरेका छौँ।’


पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध परेको निवेदनहरुमाथि एकमुष्ट रुपमा उच्च अदालतमा न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासमा सुनवाइ भइरहेको छ। उच्चका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार निवेदनहरुमाथिको सुनुवाइ बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको भन्दै सरकारले संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा कसुरमा २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

जेठ १० गते दायर मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमडौँले असार १ गते पक्राउ परेका १८ जना प्रतिवादीमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँडलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

जिल्ला अदालतले गुरुङसँग १० लाख रुपैयाँ र महर्जनसँग ५ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाएर त्यहीँ दिन थुनामुक्त भएका थिए। उनीहरुले पनि आफूहरुसँग लिएको धरौटी बढी भएको भन्दै निवेदन दिएका छन् भने पुर्पक्षका लागि थुनामा रहेका अरु प्रतिवादीहरुले साधरण तारिखमा मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ