१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा छताछुल्ल

१५ मंसिर २०८०, शुक्रबार ०८:२२

मङ्सिर १५, काठमाडौँ | नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर जोडिएको एक अडियो यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । एक जना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक सञ्जालमार्फत बाहिरिएको हो ।

आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका छन् । 


संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका महरले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ । महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् ।

सो अडियोबारे आफूले सामाजिक सञ्जालबाट नै थाहा पाएको नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले रातोपाटीलाई बताए । उनले सार्वजनिक अडियो फेक भएको पनि दाबी गरे । उनले भने, ‘मेरो नाम जोडेर फेक अडियो आएको रहेछ, मैले पनि सञ्जालबाट थाहा पाएँ ।’

अनेरास्ववियुका पूर्व अध्यक्ष महरले आफ्नो विरुद्ध लागेकाहरूले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पार्टीको कार्यक्रममा अहिले डडेलधुरामा छु, काठमाडौँ फर्केपछि त्यसविरुद्ध कानुनी उपचारमा जान्छु ।’

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए । करिब ८ मिनेटको सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि ऐनले दबाब र धम्की दिएको आरोप लगाइएको छ । संवादमा महिलाले भनेकी छन्, ‘मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?’ 

सामाजिक सञ्जालमार्फत बाहिरिएको संवाद यस्तो छ-ः  

ऐन: म चाहिँ विश्वास र माया हो ।

महिला: मैले चाहिँ विश्वास गरेका हैन ?

ऐन: हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।

महिला: अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।  

ऐन: मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।

महिला: यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?

ऐन: छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।

महिला: मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।

ऐन: युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ । 

महिला: सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?

ऐन: तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?

महिला: नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।

ऐन: ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?

महिला: मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?

ऐन: मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।

महिला: धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।

ऐन: मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।

महिला: मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?

ऐन:  डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।

महिला: आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि ! 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै