टोपबहादुरका छोरा सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौँ | उच्च अदालत पाटनले पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग गरेको छ ।

उच्च अदालत पाटनले शुक्रबार सुनुवाई सकेर दिएको आदेशमा सन्दीपसँग ३० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालतका प्रवक्ता तिर्थ भट्टराईले जानकारी दिए । सन्दीप नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!