२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछाने मलेसियाबाट भने ‘म राजनीतिमा आउनुको कारण विदेशमा रहेका नेपाली पनि हुन्’

२०८०, १७ मंसिर आईतवार १४:३७

मङ्सिर १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया भ्रमणका क्रममा छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा बेलायत हुँदै नेपाल फर्किने छन् ।


सामाजिक सञ्जालबाट आफू मलेसियामा रहेको जानकारी गराउँदै लामिछानेले लेखेका छन्, ‘अवसर र रोजगारको लागि विदेश जानु पर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख-कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ । म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन् । विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो।' 

लामिछानेले पुराना पार्टीहरूभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गर्दै आफ्नो पार्टका सांसदहरूले संसद्को गरिमा जोगाइरहेको बताए । लामिछानेले पार्टी निर्माणको अभियान अन्तर्गत औपचारिक विदेश यात्रा मलेसियाबाट सुरु गरेको बताए । लामिछानेले आफ्नो सम्वोधनमा आफ्नो पार्टी कुनै पनि हालतमा अरू पार्टी जस्तो हुन नदिने वचनबद्धता म व्यक्त गरे । उनले भने 'रास्वपा पुरानो कुनै अर्को पार्टी जस्तो हुनै सक्दैन ।' उनले अगाडी भने 'रास्वपाले बाटो बिराएछ भने मलाई मलेसियामा प्रवेश निषेध गर्नुहोला । एयरपोर्टमा रोक्नुहोला । जुन दिन हामीले इमान छाड्छौँ, त्यो दिन पार्टीको सदस्यता च्यातेर समुद्रमा फ्याँक्दिनुहोला ।' 


सभापति लामिछानेले मलेसिया भ्रमण पच्नी आफू कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्न जाने समेत जानकारी दिएका छन् । मलेसियामा सभापति लामिछाने सहित पत्नी  सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सह–कोषाध्यक्ष दीपकराज बोहरा लगायत उपस्थित छन् । 

सभापतिको सचिवालयका अनुसार लामिछाने २१ मंसिरमा कतार जाने तय भएको छ । उनि २३ गतेसम्म कतारमा रहने छन् । त्यस्तै २४ गतेदेखि २८ गतेसम्म बेलायतमा रहनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !