२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एनसेलको शेयर खरिदबिक्री प्रकरणमा बाबुरामको आशंका- ठूलो चलखेल भएका हुनसक्छ!

२०८०, १८ मंसिर सोमबार ०७:४२

मङ्सिर १८, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरण ठूलो चलखेल भएको आशंका गरेका छन्।

उनले कर छल्नकै लागि शेयर बिक्री गरेर हिँडेको आशंका गर्दै सरकार र नियामक निकाय जवाफ माग गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ। यदि साँच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाँ भित्रिन्छ ?’

उनले विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य हुने परिस्थिति बनेको भए यहाँ अब को भित्रिन्छन् भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले थपेका छन्, ‘त्यसो हैन र पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ? अरबौँ रकम बराबरका यस्ता हर्कत देशका ऐन नियम विपरीत हाकाहाकी कसरी हुन सक्छन् ? यसमा राज्यका विभिन्न अंगमा हालिमुहाली गर्नेहरूको संलग्नता नभइरहन सक्छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !