2026-07-11 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजमा अराजकता सिर्जना गर्ने दुर्गा प्रसाईंको प्रयास असफल भयो– प्रचण्ड

मङ्सिर १८, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समाजमा अराजकता सिर्जना गर्न खोजेको प्रयास असफल भएको बताएका छन् । अराजकता बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

मूलधारका मिडियाका सम्पादकहरूसँग सोमवार कुरा गर्दै प्रचण्डले समाजमा अराजकता सिर्जना गर्ने प्रसाईंको प्रयास विफल भएको बताएका हुन् । 

प्रसाईंको आन्दोलनबारे प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रतिक्रिया जनाएका हुन् । अहिलेको व्यवस्था परिवर्तन गरेर गरिबको ऋण मिनाहा गर्ने भन्दै प्रसाईंले मंसिर ७ देखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको र बाँकी चार वर्षको कार्यकालसम्म कायम रहने दाबी गरे । सरकार अर्थतन्त्रका समस्या समाधान गर्न लागिपरेको उनले बताए ।

आइतवारमात्र यूएईबाट स्वदेश फर्केका प्रचण्डले आफ्नो विदेश भ्रमण सफल रहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल देखिन र सुनिन थालेको छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट