१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा फुट्ने? तोसिमा कार्की भन्छिन्– हामी त्यसो हुन दिँदैनौँ

१९ मंसिर २०८०, मंगलवार ०६:३१

मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन्। 

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने पनि बताएकी छन्। 

‘के रे के रे ? फुट्ने रे ?  कल्पना पनि नगर्नुस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’

आगामी आम चुनाव (२०८४ साल) मा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ।’

कार्कीले सामाजिक सञ्जालमा लेखेको सन्देश: 

के रे के रे ? फुट्ने रे ? 

कल्पना पनि नगर्नुस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्।

साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!

चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ। जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ। साना दौडमा हिँड्या होइनौँ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौँ। त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न!! 

घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ। बरु आउनुस् तपाईंहरु पनि यो महाअभियानमा नछुट्नुस्। 

विधिको शासन? ए ए,

सबैले आ-आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ!

विधिको शासन देश मै छैन हजुर! सरकारमै छैन। स्वास्थ्य मन्त्रीको हर्कतमा छैन। न्यायलयमै छैन! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै