१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एनसेल बिक्री गरेको होइन, बिक्रीको नाटकमात्र हो : राजेन्द्र पाण्डे

२२ मंसिर २०८०, शुक्रबार ०९:४६

मङ्सिर २२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको विषय गम्भीर र भयावह भएको बताए ।

‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो । पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ’ पाण्डेले भने ।


गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो ।

एनसेलको बाँकी २० प्रतिशत शेयर आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको नाममा छ । एनसेलको बिक्री मूल्य पनि आजियटाले किनेको मूल्य भन्दा ९६ प्रतिशत अर्थात् करिब ५ करोड अमेरिकी डलर मात्र रहेको सार्वजनिक गरिएको थियो । त्यसैले उक्त कारोबार अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ, सरकारले पनि छानबिनका लागि समिति गठन गरेको छ ।

खर्बको पुँजी भएको र राम्रो कमाइ भइरहेको कम्पनीलाई अर्बमा बेचिएको भन्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले यस विषयमा आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने बताए ।

‘एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिनु हुदैन, प्रधानमन्त्रीलाई बोलाएर के के स्टेप चाल्नुभयो भनेर सोध्न सक्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै