Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एनसेल बिक्री गरेको होइन, बिक्रीको नाटकमात्र हो : राजेन्द्र पाण्डे

२०८०, २२ मंसिर शुक्रबार ०९:४६

मङ्सिर २२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री नाटक मात्र भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको विषय गम्भीर र भयावह भएको बताए ।

‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो । पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ’ पाण्डेले भने ।


गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो ।

एनसेलको बाँकी २० प्रतिशत शेयर आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको नाममा छ । एनसेलको बिक्री मूल्य पनि आजियटाले किनेको मूल्य भन्दा ९६ प्रतिशत अर्थात् करिब ५ करोड अमेरिकी डलर मात्र रहेको सार्वजनिक गरिएको थियो । त्यसैले उक्त कारोबार अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ, सरकारले पनि छानबिनका लागि समिति गठन गरेको छ ।

खर्बको पुँजी भएको र राम्रो कमाइ भइरहेको कम्पनीलाई अर्बमा बेचिएको भन्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले यस विषयमा आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने बताए ।

‘एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिनु हुदैन, प्रधानमन्त्रीलाई बोलाएर के के स्टेप चाल्नुभयो भनेर सोध्न सक्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली