२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न ९२ हजार जनशक्ति आवश्यक पर्छ : मन्त्री बस्नेत

२०८०, २३ मंसिर शनिबार ०३:५१

मङ्सिर २३, धुलिखेल | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् । 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको  उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताए ।

स्वास्थ्य  सेवा सबैमा पुर्याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने परिस्थिति सृजना भएको बताए । मन्त्रालयको बजेट  कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो । 

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा डा सगुन जोशी, अस्पतालका संरक्षक हिरोको मासुनागा, सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारबाट सुरु गरिएको सेवा अहिले काभ्रे जिल्लामा मात्र नभएर सिन्धुपाल्चोक, धनुषालायत क्षेत्रमा विस्तार भएकामा त्यसको सराहना गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !