१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

२३ मंसिर २०८०, शनिबार १०:१४

मङ्सिर २३, काठमाडौँ | सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार २६ वटा अस्पतालका अन्तिम किस्ता पठाइसकिएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको गोपेटार स्वास्थ्य चौकीको पाँच शय्या र दार्चुलाको व्यास गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल पनि चाँडै नै सम्पन्न हुने तयारीमा रहेको उनले बताएका छन् ।

उनका अनुसार हाल चार सय १३ स्थानीय तहका अस्पतालको ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको छ । सरकारले आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो । सोहीअनुसार २०७७ साउन २८ गते तीन सय ९६ र २०७७ पुस १२ गते दुई सय ५९ अस्पताल निर्माण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सरकारले पाँच शय्याका लागि रु सात करोड ११ लाख, १० शय्याका लागि रु १० करोड ८३ लाख र १५ शय्याका लागि रु १८ करोड छ लाख रकम छुट्याइएको छ । पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ ।

सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन ती अस्पताल निर्माण गर्ने घोषणा गरे पनि समयमै नसिकएपछि अब पाँच वर्षभित्र ती निर्माण पूरा हुन नसकेका अस्पतालको निर्माणकार्य गरिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

यस्तै अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले डिपिआर पेस नगरेका ती स्थानीय तहमा अस्पताल निर्माणको काम हुन नसकेको बताएका छन् ।

भूगोल र जनसङ्ख्याका आधारमा पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५५ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहले आधारभूत अस्पताल निर्माण गर्नेछन् । 

मन्त्रालयका अनुसार १५ शय्याको आधारभूत अस्पतालमा एक एमडिजिपी चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट, दुई मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, छ स्टाफ नर्स, पाँच हेल्थ असिस्टेन्टलगायत अन्य कर्मचारी गरी ३२ कर्मचारी रहनेछन् । 

यस्तै १० शय्याको आधारभूत अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ र पाँच शय्याको आधारभूत अस्पतालमा एक मेडिकल अधिकृतसहित १८ कर्मचारी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह